२०८० फाल्गुन १२ गते शनिवार

पाल्पामा मोटरसाइकल दुर्घटना – एक जनाको मृत्यु

दाङ, माघ ८ । पाल्पामा गएराति भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रम्भा गाउँपालिका – १ असर्दीका २८ बर्षीय हेमन्त जिटीको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत पिपलडाँडाबाट हुँगी तर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको जिटी सवार मोटरसाइकल सडक खण्डदेखि झन्डै दुई सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।


दुर्घटना गएराति करिब दश बजेतिरको हो । शब पोष्टमार्टमका लागि रामपुर अस्पताल पाल्पामा पठाइएको पाल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *