२०८२ असार ७ गते आइतवार

बिरामीका मोवाइल र अटो रिक्सा चोरी गर्ने ३ जना पक्राउ

दाङ, माघ ६ । बाँके प्रहरीले बिरामीका मोवाइल र अटो रिक्सा चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिरामी, उनीहरुका कुरुवाका मोवाइल अस्पतालबाट चोरी गर्ने र पार्किङका अटो रिक्सा रातिमा चोरी गर्ने तीन जनालाई नेपालगंजबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ पछि उनीहरुलाई सार्वजनिकपनि गरेको छ ।

पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका – १४ का २८ बर्षीय राजु जसगढपनि अटो रिक्सा चोरी गरी भाग्दै गरेको आरोपमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

माघ ४ गते राति नौं बजेतिर नेपालगंज – १० भृकुटीमण्डपमा पार्किङ गरि राखिएको ने १ ह १०३० नम्बरको अटो रिक्सा चोरी गरेको अभियोगमा जसगढलाई पक्राउ गरिएको हो ।
सोही अभियोगमा नेपालगंज उपमहानगरपालिका – १५ का २९ बर्षीय गुड्डु जसगड अटो रिक्सा चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।


नेपालगंज – ९ स्थित घरमा पार्किङ गरि राखेको अटो रिक्सा माघ ३ गते राति पौने १२ बजेतिर चोरी गरेको अभियोगमा जसगडलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले बताए ।
त्यस्तै नेपालगंज – २२ का २६ बर्षीय हकिकत अली किङ्गरिया मोवाइल चोरी गरेको आरोपमा माघ चार गते पक्राउ परेका छन् ।


नेपालगंज – १२ स्थित नेपालगंज मेडिकल कलेजमा उपचार गराउन आएका बिरामी तथा उनीहरुका कुरुवाको मोवाइल चोरी गरि भाग्ने क्रममा किङ्गरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डाँगीले जानकारी दिए ।

पक्राउ परेकाहरु उपर चोरी मुद्दा चलाइएको तथा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *