२०८० फाल्गुन १२ गते शनिवार

हुम्लामा दैनिक आठ घण्टा लोडसेडिङ

हुम्ला,पुस २३ । हिल्दुम् विद्युत वितरण केन्द्रले हुम्लामा लोडसेडिङको समय बढाएको छ।

वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णका अनुसार पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा लोडसेडिङ तालिका बढाइएको हो।

उनले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक आठ घण्टा लोडसेडिङ गर्नु परिरहेको बताएका हुन्।

यसअघि चारदेखि पाँच घण्टा मात्र लोडसेडिङ हुने गरेको थियो। पहिलेको हिउँ पग्लिसकेको र यसवर्ष हालसम्म हिमपात नभएको कारण पावर हाउसलाई आवश्यक पानीको स्रोत कम भएको हो।

पाँच सय किलोवाट विद्युत उत्पादन क्षमता भएको पावर हाउसले हाल सामान्य र पिक हावरमा एक सयदेखि दुई सय किलोवाटसम्म मात्र विद्युत उत्पादन हुने गरेको छ। जबकि हाल सिमकोटमा एक मेघावाटभन्दा बढी विद्युतको माग रहेको छ।

सिमकोट बजारका व्यवसायी लोकेन्द्र रावतले केन्द्रले लोडसेडिङ समय बढाएपछि उपभोक्ता मारमा परेको बताए।

लोडसेडिङ बढेपछि फर्निचर उद्योग बन्द भएका छन् भने सेवाग्राहीले इलोक्ट्रोनिक्सका सामानहरू प्रयोग गर्न छोडेका छन्।

बिहान र बेलुकाको समयमा विद्युत आपूर्ति नहुने भएको कारण सेवाग्राहीले दाउरा खपत भने बढाएका छन्। यसबाट तीन हजारभन्दा बढी सेवाग्राही समस्यामा परेका छन्।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *