२०८३ असार २७ गते शनिवार

डुरुवा महिला कृषि सहकारीमा लागेको ताला ५ दिनपछि खुल्यो

तुलसीपुर,पुस १८ । दाङको तुलसीपुर उपमहानगरपालिका १४ ड्वाङपुरमा रहेको डुरुवा महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा गरिएको तालाबन्दी खोलिएको छ ।

गत पुस १२ गते सेयर सदस्यहरूको आफ्नो हिसाबकिताब माग्दा नदिएको, खाली भरपाईमा हस्ताक्षर गराएको, हिसाबकिताब पारदर्शी नभएको र सेयर सदस्यहरूले चयन गरेको ब्यक्तिलाई कार्यसमितिको पदमा नराखेको भन्दै तालाबन्दी गरेका थिए ।

मंगलबार वडा कार्यालयमा भएको छलफलपछि सहमतिमा ताला खोलिएको हो ।

वडाध्यक्ष शंकर खड्का, जिल्ला सहकारी संस्था दाङका महासचिव शुक्रराज भण्डारी, जिल्ला कृषि सहकारी संस्था दाङकी अध्यक्ष पद्मा आचार्य, सहकारी संस्थाका सञ्चालक समिति, तालाबन्दी गर्ने सेयर सदस्य, स्थानीय प्रहरी प्रशासन लगायतको उपस्थितमा भएको छलफलमा विभिन्न निर्णयमा सहमति गर्दै तालाबन्दी खोलिएको एक सेयर सदस्यले बताइन् ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *