२०८२ असार १ गते सोमवार

सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल

काठमाडौं ,पुस १८ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त हुने भएका छन्।

बुधवार बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। उनी हाल न्याय परिषदका सचिव छन्। मुख्य रजिस्ट्रारको कार्यकाल ३ वर्ष हुन्छ।

यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाले यो पद रिक्त थियो।
यस्तै रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार रहेका विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने आयोगले निर्णय गरेको छ।

विशिष्ट श्रेणीसरहका यी दुवै पदमा नेपाल सरकार मन्त्रिपरिषद्‌ले बढुवाको निर्णय गर्छ।

सर्वोच्चका सहरजिस्ट्रार एवं प्रवक्ता भद्रकाली पोखरेलको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतको सहरजिस्ट्रारमा सरुवा भएका छन्।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *