२०८२ असार ६ गते शनिवार

तुलसीपुरमा एक किशोरी मृत फेला


तुलसीपुर, पुस १३ । तुलसीपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् ।

मृत फेला पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवा निवासी नरबहादुर रैदासकी १८ वर्षीया छोरी राधा रैदास रहेको प्रहरीले बताएको छ ।

बिहीबार दिउँसो सवा २ बजेको समयमा घरदेखि करिब ६० मिटर उत्तर तर्फ तुलसीपुर १६ का मदन केसीले संचालन गरेको र हाल संचालनमा नरहेको एमटी ईट्टा भट्टाले बनाएको खाली टहरा भित्र भुईमा किशोरी मृत फेला परेकी हुन् ।

किशोरी बुधबार बेलुका घरबाट निस्किएको र बिहीबार दिउँसो बाख्रा चराउन गएका गोठालाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लका अनुसार घटनास्थलबाट मुचुल्का गरि पोष्टमार्टमको लागि शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको छ ।

किशोरीको शरिरमा कुनै घाउ चोट पटक नदेखिएको र सुसाइडनोट पनि भेटिएको छ । सुसाइड नोटमा आफुले केही गल्ती नगरेको र परिक्षामा विषय लागेकाले आत्महत्या गरेको भनि लेखिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *