२०८३ असार २८ गते आइतवार

चामलसहित ट्याक्टर नियन्त्रणमा

कपिलवस्तु ,पुस १२ । कपिलवस्तु ईलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध गतिविधि रोक्न सक्रियता बढाएको छ ।

प्रहरीले चोरी निकासी नियन्त्रण गर्नका लागि प्रहरी गस्ती टोलीलाई परिचालनमा जोड दिएको छ । बुधबार कृष्णनगर प्रहरीले अवैध रुपमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गर्दा भारी मात्रामा चामलसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओेलीको कमाण्डमा खटिएको गस्ती टोलीले ९९ सय क्विन्टल ५० किलो अवैध चामल बरामद गरेको हो ।
कृष्णनगर– ४, महादेवाबाट बेवारिसे अवस्थामा रहेको ४९ क्विन्टल ५० किलो चामल फेला पारेको छ । यस्तै सोही ठाउँबाट ५० क्विन्टल अवैध चामल र ट्याक्टर समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा उक्त अवैध चामल बरामद गरेको बताए । उनले कृष्णनगर –४, महादेवा बस्ने ट्रयाक्टर चालक सुकई केवटले लु ३ त ९५०४ नम्बरको ट्रयाक्टरबाट ५० क्युन्टल अवैध चामल ल्याउँदै गर्दा ट्रयाक्टरसहित नियन्त्रणमा लिएको बताए ।

प्रहरी निरीक्षक ओलीका अनुसार बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपैयाँ बराबरको रहेको छ ।बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *