२०८२ असार ६ गते शनिवार

जाजरकोटमा चिसोको कारण भूकम्प पीडित सुत्केरीको मृत्यु

जाजरकोट ,पुस ११ । जाजरकोटमा चिसोका कारण जाजरकोटमा एक सुत्केरीको मृत्यु भएको छ। जाजरकोट कुशे गाउँपालिका-९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार विहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

त्रिपालमा बस्दै आएकी उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए। उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन्। कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान बस्दै आएकी थिइन्।

केही दिनअघि विरामी भएकी थिइन्। चिसोले गर्दा बिरामी परेको र घरेलु उपचारले निको भैहाल्ला भनेर समयमा स्वास्थ्य संस्था नजाँदा उनको घरमै मृत्यु भएको अध्यक्ष बस्नेतले बताए।

यसअघि चिसोकै कारण तीन बालबालिकासहित २९ जना जाजरकोट र ५ जना रुकुम पश्चिमका गरी ३४ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *