२०८३ असार २७ गते शनिवार

आगो ताप्ने क्रममा जलेर ७९ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु

कैलाली,पुस १० । कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *