२०८२ जेष्ठ ३० गते शुक्रवार

चोरीको आरोपमा ६ जना पक्राउ

पश्चिम नवलपरासी,पुस ९ । पश्चिम नवलपरासी प्रहरीले शृंखलाबद्ध चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेहरुमा बर्दघाट नगरपालिकाका-१ का अविनाश पंगेनी, गुल्मी मुसिकोट नगरपालिका-९ का सुवास विश्वकर्मा, रोल्पा नगरपालिका-३ स्थाई घर भएका मिलन घर्ती मगर पक्राउ परेका छन् ।

यसैगरी जनस्वास्थ्य कार्यालयमा चोरी गर्ने रामग्राम नगरपालिका-६ का कृष्ण मोहन अग्रहरी , रामग्राम नगरपालिका-५ का अमृत अग्रहरी र रामग्राम नगरपालिका-७ का रोशन आचार्य पक्राउ परेका छन् ।

उनीहरूको साथबाट नगद १ लाख रुपैयाँ, कम्प्युटर ,मोबाइल तथा चोरी भएका विभिन्न सामग्री बरामद भएको छ । पक्राउ परेकाहरुलाई चोरी तथा लुटपाटमा मुद्दा चलाउने तयारी छ ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *