२०८२ असार ५ गते शुक्रवार

रगत अभाव भएपछि पालिकास्तरबाटै रक्तदान

गोकर्ण पौडेल,तुलसीपुर,पुस ७ । तुलसीपुर क्षेत्रमा रगतको अभाव भएपछि तुलसीपुर उपमहानगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । दशै तिहारजस्ता पर्वपछि संस्थागतरूपमा रक्तदान कार्यक्रम आयोजना गरिएका छैनन् ।

कार्यक्रम नहुँदा तथा नियमित रक्तदाताहरू पनि रक्तदानका लागि इच्छुक नभएपछि रगतको अभाव देखिएको छ ।

रक्त सञ्चार केन्द्र तुलसीपुरका प्राविधिक प्रमुख नरेश चौधरीका अनुसार मंसिर महिनाभर तीनवटा मात्रै कार्यक्रम रक्तदान कार्यक्रम भएका छन् ।

उनका अनुसार कार्यक्रमबाट ४२ पिन्ट रगत संकलन भएको थियो तर एक सय ४४ पिन्ट खपत भएको र व्यवस्थापन गर्न निकै गाह्रो भइररहेको बताए ।
चौधरीले रगत अभावका कारण नियमितरूपमा डाइलासिश गर्ने बिरामीहरुलाई समेत फर्काउनु परेको बताए । प्राविधिक प्रमुख चौधरीले अहिले सबैभन्दा बढी बि पोजेटिभ रगतको अझ बढी अभाव देखिएको बताए।

नेपाल रेडक्रस सोसाइटी दाङको तथ्यांकअनुसार तुलसीपुरमा मात्रै दैनिक १० पिन्टसम्म रगत खपत हुने गरेको छ ।

खपतको तुलनामा रक्तदान हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले रक्तदान गर्दा कमजोर हुने मानसिकताका रक्तदाताको संख्या न्यून रहेको छ ।

केसीका अनुसार पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शरिरमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ तर शरीरका लागि रगत ५० एमएल भए पर्याप्त हुने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले रक्तदान गर्दै दिनहुँ रगतका लागि फोन आइरहेको र अभाव भएको जानकारी भएपछि पालिकास्तरबाटै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

नगरप्रमुख खड्काले ५७ वर्षको उमेरसम्म पनि आफूले नियमितरुपमा रक्तदान गर्दै आएको बताए ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *