२०८३ भाद्र १३ गते शनिवार

आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान

काठमाडौं ,पुस ७ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान गरेको छ।

शनिबार सार्वजनिक सूचना निकालेर निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आव्हान गरेको हो।

कार्यकारी निर्देशक खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति हुने सूचनामा उल्लेख छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ।

दरखास्त काठमाडौंस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको बताइएको छ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *