२०८२ असार ७ गते आइतवार

टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते


पाल्पा,पुस ६ । पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्।

बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

तानसेनस्थित मिसन अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

टिपर चालक घोराही–१६ का अजय चौधरी भने सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *