२०८३ भाद्र १३ गते शनिवार

हापुरेमा ब्यापारिक तथा कृषि पर्यटन महोत्सव सञ्चालन हुने


हापुरे,पुस ३ । दाङको बबई गाउँपालिकाको हापुरेमा हापुरे ब्यापारिक तथा कृषि पर्यटन महोत्सव सञ्चालन हुने भएको छ।

बबई चेम्बर अफ कमर्सले सोमबार हापुरेमा पत्रकार सम्बेलनमा गर्दै पुष ६ गतेदेखि १६ गतेसम्म १० दिन वडा नम्बर ५ पदमपुरमा रहेको पदमपुर सामुदायिक बनको प्राङ्गणमा महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो ।

बबई चेम्बर अफ कमर्सको आयोजनामा १० दिनसम्म सञ्चालन हुने महोत्सब कम्तिमा १ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बबई चेम्बर अफ कमर्सका अध्यक्ष सन्तराम सुनारले बताए ।

महोत्सवबाट संकलित रकमबाट सार्वजनिक सौचालय निर्माण गरिने बबई चेम्बर अफ कमर्सका महासचिव भिम भुसालले बताए ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *