काठमाडौँ ,पुस ३ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीले अनसन तोडेका छन्।
उनले गत शुक्रबारदेखि सुदूरपश्चिमको धनगढीमा तीन दिने अनसन सुरु गरेका थिए। डा. केसीले अनसन सुरु गरेको ७२ घण्टा पूरा भएपछि सोमबार साँझ अनसन तोडेका हुन्।
उनले धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र धनगढी–१ की अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
उनले आफूहरुसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै अनसन सुरु गरेका थिए।
प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार