घोराही, मंसिर २९ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको ३५ औं साधारण सभा दाङमा हुने भएको छ ।
साधारण सभाको तयारी पुरा भएको नेपाल अपाङ्ग संघका केन्द्रिय उपाध्यक्ष शरद अधिकारीले जानकारी दिए । भोली मंसिर ३० गते घोराहीको भिङ्ग्रेली भिलेजमा साधारण सभा आयोजना गरिएको छ ।
साधारण सभामा नेपाल अपांग संघका छ वटा शाखाका प्रतिनिधीहरु सहभागि हुनेछन् । नेपाल अपांग संघका शाखाहरु झापा, जनकपुर, काठमाडौं, बाँके, कैलाली र दाङ जिल्लामा रहेका छन् । केन्द्रिय कार्यालय काठमाडौंको जोरपाटीमा रहेको छ ।
नेपाल अपांग संघको ३५ औं केन्द्रिय साधारण सभाको उद्घाटन लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले गर्ने कार्यक्रम रहेको छ । केन्द्रिय उपाध्यक्ष अधिकारीका अनुसार जिल्ला जिल्लाबाट प्रतिनिधीहरु आउने क्रम जारी रहेको छ ।
साधारण सभामा करिव डेढ सय जना प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
साधारण सभामा अपाङ्गताको क्षेत्रमा गर्ने कामका बारेमा सरकारलाई सुझावहरु दिइनेछ । सधारण सभामा दाङ घोषणा पत्र पनि जारी गर्ने कार्यक्रम रहेको बताइएको छ ।