२०८२ जेष्ठ ३० गते शुक्रवार

आइतबारदेखि आफ्नै भवनबाट सेवा दिदैँ यातायात व्यवस्था कार्यालय राप्ती


दाङ, मंसिर २८ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आईतबारदेखि आफ्नै भवनबाट सेवा दिने भएको छ ।

तुलसीपुर-६ घोराहीरोडमा भाडाको भवनबाट संचालित कार्यालयले आइतबारदेखि आफ्नै भवन तुलसीपुर-६ को गाइडहरदेखि सेवा दिन लागेको हो ।
कार्यालयले सामाजिक विकास डिभिजन कार्यालयको भवनबाट सेवा दिन लागेको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए ।

गाईडहरबाट सेवा दिनका आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रमुख गौतमले बताए ।

सामाजिक विकास डिभिजन कार्यालयलाई भने तुलसीपुर-१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सारिएको छ ।

गत भदौ ११ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद प्रदेशको बैठकले भाडाको घरमा संचालित यातायात व्यवस्था कार्यालय राप्तीलाई सामाजिक विकास डिभिजनको भवनमा सार्ने निणर्य गरेको थियो ।

कार्यालयले अहिले मासिक करिब ५० हजार भाडामा मात्रै खर्च गरिरहेको कार्यालयका लेखा प्रमुख उत्तम डाँगीले जानकारी दिए ।

भाडाको घरमा ठाउँ पनि अपर्याप्त रहेको र भाडामा रकम पनि खर्च भइरहेको अवस्थामा आफ्नै भवनबाट सेवा दिन लागेको उनले बताए ।

आफ्नै भवनबाट सेवा दिँदा सेवाग्राहीलाई पनि थप सहजता हुने कार्यालयका प्रशासन प्रमुख लोक बहादुर केसीले बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *