२०८२ असार ५ गते शुक्रवार

मगंलवार यस्तो छ मौसम

काठमाडौं ,मंसिर २६ । पहाडी भेगमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *