२०८३ मङ्सिर १० गते बुधवार

बैंकिङ कसुरमा ८ करोड बिगो कायम भएपछि फरार भएका शेरबहादुर पक्राउ

काठमाडौँ,मंसिर २६ । बैङ्किङ कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी घर भएका ३२ वर्षीय शेर बहादुर मगर छन् ।

शेर बहादुरलाई ललितपुर महानगरपालिका–१५ स्थित हात्तिवनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी ९एसपी० रवीन्द्र रेग्मीले बताए ।

उनी बारे विभिन्न अदालतबाट बैङ्किङ कसुर मुद्दा फैसला भएर जरिवाना र कैद भुक्तान हुन बाँकी रहेको पाइएको छ ।

मगरलाई फैसला कार्यान्वयनका लागी प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *