तुलसीपुर,मंसिर २५ । तुलसीपुरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङले आइतवार तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडेमीका माध्यमिक तहका विद्यार्थीहरुलाई मानव अधिकार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरेर दिवस मनाएको हो ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ शाखा सभापति बिनोद कुमार श्रेष्ठको अध्यक्षता तथा नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले नयाँ पुस्ताले अधिकार खोज्ने मात्रै नभई कर्तव्यलाई पनि सगंसगै लैजान आवश्यक रहेको बताए । उनले अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा झै रहेको तर्क गरे ।
कार्यक्रमका मुख्य प्रशिक्षक सभापति श्रेष्ठले मानव अधिकारको इतिहास, अन्तर्राष्ट्रियकरण , औचित्य एवम् विश्वव्यापी मान्यताहरु बारे पारेका थिए ।
शाखाका उपसभापति धुर्व गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उपसभापति गोरख वलिले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण सहसचिव सुवास डाँगीले गरेका थिए ।