पश्चिम नवलपरासी,मंसिर २० । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४, केरवानीबाट ठूलो मात्रामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
भारतीय सीमावर्ती महेशपुरदेखि सदरमुकाम परासी आउादै गर्दा लु ६४ प ३७८७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई जााच गर्दा लागुऔषध बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराका अनुसार लागुऔषधसहित पाल्हिनन्दन गाउापालिका–४ बस्ने २१ वर्षीय सागर गुप्ता पक्राउ परेका छन् ।
मोटरसाइकलमा तीन जना युवा सवार भए पनि दुई जना फरार भएको र एक जना मात्र पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुप्ताको साथबाट डाइजापाम १ सय ९८ एम्पुल ,फेनेग्रेन १ सय ९८ एम्पुल, ब्युप्रेनोरफिन १ सय ९६ एम्पुल र हिरोइन जस्तो देखिने पदार्थ १२ ग्राम बरामद भएको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
