२०८२ असार ५ गते शुक्रवार

अफवाह फैलाउने १८ युट्युब च्यानल कारबाहीमा

​काठमाडौं ,मंसिर १८ । प्रेस काउन्सिल नेपालले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस गरेको छ ।

काउन्सिलले दर्ता तथा सूचीकरण नभएका तर निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिएर भ्रम फैलाएको ठहर गरेर कारबाहीका लागि सिफारिस गरेको हो ।

काउन्सिलले ती युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको छ ।

मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *