२०८२ असार ७ गते आइतवार

लागु औषधसहित एक दम्पत्ती पक्राउ

बाँके,मंसिर १७ । बाँके प्रहरीले लागुऔषध चरेस र अफिमसहित दम्पत्तीलाई पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार कोहलपुर नगरपालिका वडा नं. ८ का ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षकी कविता थापा १२ किलो ७ सय ४ ग्राम चरेस र २ किलो १ सय १६ ग्राम अफिमसहित पक्राउ परेका हुन् ।

राना दम्पत्तीले लागुऔषधको कारोबार गर्छन् भन्ने गोप्य सूचना पाएपछि पुगेको प्रहरीले चेकजाँच गर्दा बा ५ प ८२१५ नम्बरको कारमा चरेस र अफिम फेला परेको हो ।

रेवन्तलाई यसअघि पनि लागुऔषध ब्राउनसुगर, चरेस र सार्वजनिक अपराध मुद्दामा चलेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *