२०८० फाल्गुन २० गते आइतवार

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, एक जना घाइते

रुपन्देही,मंसिर १६ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ महुवारीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

सूर्यपूरा–३ सिद्धार्थ बोर्डिंग स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुक्सना खातुन रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा घाइते १७ वर्षीया अप्सना खातुनको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने बस जलाएका छन् । उनीहरुले प्रदर्शन पनि गरिरहेका छन्।

घटनापछि बस चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *