२०८२ असार ६ गते शनिवार

गैँडाको आक्रमणबाट एक गम्भीर घाइते

बर्दिया,मंसिर १५ । बर्दियामा गैँडाको आक्रमणबाट आज दिउँसो एक जना गम्भीर घाइते भएका छन् ।

मधुवन नगरपालिका वडा नम्बर ३ स्थित गौरी सामुदायिक वन नजिकै घाँस काट्ने क्रममा गैँडाको आक्रमणबाट सोही ठाउँका ७० बर्षीय गहनु थारु गम्भीर घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिए ।

थारुलाई बर्दियामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको बर्दिया जिल्ला अस्पतालले जनाएको छ ।

थारुको हात र पिठ्युँमा गहिरो घाउ भएको बताइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *