२०८३ असार २८ गते आइतवार

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्युु


झापा,मंसिर १५ । जंगली हात्तीको आक्रमणबाट शुक्रबार बिहान झापाकाे हल्दिबारीमा एक जनाकाे मृत्यु भएको छ ।

बिहान ९ बजे हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चाैकिदार ४० वर्षीय धनबहादुर बनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामुदायिक वनबाट निस्किएको एउटा जंगली हात्तीले लछारपछार गर्दा बनकाे घटनास्थलमै मृत्यु भएको हाे ।

बिहानकाे समय सामुदायिक वन रेखदेखका लागि गएकाे अवस्थामा बनलाई हात्तीले आक्रमण गरेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *