२०७७ कार्तिक १४ गते शुक्रवार

बालबालिकाको चेतना अभिबृद्धिका लागी नेतृत्व विकास तालिम

यमकला भुसाल,
तुलसीपुर, बैशाख २९। तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ मा आइतबार देखि ३ दिने बालबालिकाको नेतृत्व विकास तालिम सुरु भएको छ । रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको उक्त तालिमको उद्घाटन वडा नंम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले बालबालिकाको चेतना अभिबृद्धि गर्न यस तालिमले महत्वपुर्ण भ्ुमिका खेल्ने बताए ।

उनले वडा नम्बर ७ लाई नमुना वडाका रुपमा विकास गर्ने लक्ष्यका साथ काम अघि बढाएको पनि बताए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ७ का सदस्य चित्रा मल्ल,वडा सदस्य सारदा सुनार लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

रिपोर्टस क्लव दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को सहयोगमा उक्त तालिम सुरु भएको हो । ३ दिने तालिमको प्रशिक्षकमा पहिलो दिन पत्रकार जेएन सागर थिए । रिपोर्टस क्लवका सल्लाहाकार नारायणी रजौरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव बिमल गौतमले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *