२०८२ असार १ गते सोमवार

हुम्लाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु

हुम्ला,मंसिर १२ । उत्तरी हुम्लाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। मङ्गलबार बिहानबाट उच्च भेगमा हिमपात सुरु भएको हो।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी (बिओपी) हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले अग्ला लेकमा बिहानैबाट हिमपात भइरहेको बताए। उनले हिल्सा क्षेत्रमा हिमपात भए पनि हिउँ जम्न सुरु नभएको तर उच्च क्षेत्रमा भने हिउँ जम्न थालेको बताए।

हिमपात भएपछि नारा क्षेत्र सेताम्मे देखिन थालेको छ। हिमपातले चिसो बढेपछि हिल्सामा तापक्रम माइनस पाँच डिग्री सेल्सियमा झरेको छ।

त्यस्तै न्यानु क्षेत्रमा पनि हिमपात भइरहेको छ। घाम नलागेका कारण सिमकोटमा पनि चिसो बढेको छ। सिमकोटकै उच्च क्षेत्रमा समेत हिमपात भइरहेको छ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *