२०८१ बैशाख ६ गते बिहिवार

अग्नि पीडितको घरमा सहयोग लिएर पुगे विक्की सिंह ठकुरी


दाङ, वैशाख २८ । दाङ तुलसीपुरका एकजना अग्नि पीडितलाई एकजना युवाले सहयोग प्रदान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी अग्नि पीडित जकलाल नेपालीलाई तुलसीपुर ११ बेलटाकुरा निवासी युवा बिक्कीसिंह ठकुरीले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।

नेपालीको घरमा शनिवार दिउँसो १ बजेतिर आगलागी भएर सबै मालसामान जलेर नष्ट भएको खवर पाए लगतै ठकुरीले लत्ताकपडा र खाद्यन्नसहित घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन । २ बोरा चामल, २ ग्यालुन खाने तेल, २ वटा चटकी, एउटा सिरक, २ वटा डसना, सिरानी,२ वटा धोती, सलवार कुर्ता एक जोडी, दाल १५ किलो, आलु १० किलो, विस्कुट लगाएतका सामाग्री प्रदान गरेको ठकुरीले बताए ।

उनले झन्डै १६ हजार बराबरको खाद्यान्न र लत्ताकपडा अग्नि पीडित नेपालीको परिवारलाई सहयोग गरेको ठकुरी जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेका नेपाली परिवारलाई तत्कालै खाना, लगाउने नाना र ओढ्ने ओछ्याउने कपडाको अभाव हुन नपाउस भनेर आँफुले व्यक्तिगत सहयोग गरेको ठकुरीले बताए । ‘अप्ठेरोमा परेको जो कोहीलाई सेवा गर्न पाउनु नै मानव धर्म हो,’ विक्कीले भने ‘तपाँई हाम्रो सानो सहयोगले कसैको जीवनमा सहता हुन्छ भने सबैले अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्नुपर्छ।’

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *