बाँके,मंसिर ४ । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
खजुरा गाउँपालिका-१ का पूर्ण लम्सालले आफ्नो माछापोखरीमा राखेको करेन्ट लागि सविन रानाको मृत्यु भएको हो।
माछा चोरी हुने गरेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए। जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको हो।
रानासँग अर्को एक जना पनि गएको खुलेको छ। घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार