२०८० मङ्सिर २३ गते शनिवार

बस दुर्घटना हुँदा एक बालकको मृत्यु, ३२ घाइते


इलाम,मंसिर ३ । इलामको रोङ गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार गाउँपालिकाको किटानीमा यात्रुबहाक बस दुर्घटना हुँदा करिब १० वर्षका बालकको मृत्यु भएको हो।

अध्यक्ष स्याङ्बोले धनुषाको धारापानीबाट घुम्नका लागि आएको टोली फर्कदै गर्दा आइतबार अपराह्न दुर्घटना भएको र ३२ जनाको उद्धार गरिएको जानकारी दिए।

घाइते ३२ जनालाई थप उपचारका लागि झापाका विभिन्न अस्पताल लगिएको उनले बताए।

बसमा ४० जना सवार रहेका थिए। बसका सहचालक भने घटना हुनुपूर्व ढोकाबाट निस्केर जोगिएका उनको भनाइ छ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *