बागलुङ,मंसिर १ । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपाली छन् ।
गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवम् डिएसपी मदन केसीले जानकारी दिए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार