२०७७ कार्तिक १४ गते शुक्रवार

अपांग व्यक्तिलाई बाख्रा तथा शैक्षिक सामग्री वितरण


यमकला भुसाल,
तुलसीपुर, बैशाख २६।तुलसीपुर उपमहानगरपालिका वडा नं.८ को आर्थिक सहयोग तथा वडा स्तरीय अपांगता समन्वय समितिको आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नं.८ मा रहेका अपांगता भएका व्यक्तिहरुका लागि बाख्रा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

बिहिवार एक कार्यक्रमको आयोजना गरि उक्त वडामा अपांगता भएका व्यक्तिहरुका लागि बाख्रा तथा शैक्षिक सामग्री वितरण गरिएको हो । वडा अपांगता समन्वय समितिका संयोजक तेजकुमारी भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बेदबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कायक्रममा बोल्दै प्रमुख अतिथि के.सीले वडामा रहेका अपांगता भएका व्यक्तिहरुको आयआर्जन र शिक्षामा पहुँच पुर्‍याउनु आफ्नो जिम्मेवारी भएको बताए । उनले हरेक अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन आफु लागिपर्ने र आगामी वर्ष पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा १२ जनालाई बाख्रा र १५ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य गौमती सार्की, राप्ती बहिरा संघका प्रतिमा शर्मा , अपांगता पैरवी सहजकर्ता देवा डाँगी लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण समितिका सचिव बालकुमार देवकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *