२०८२ चैत्र ३ गते मङ्गलवार

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु

बुटवल,जेठ ३० । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो उडान गरेको छ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु गरेको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले गरे ।

१५८ सिट क्षमताको नेपाल एयरलाइन्सको न्यारोबडी विमानले भैरहवाको पहिलो उडानमा करिब १ सय यात्रु मलेसियाबाट ल्याएको हो।

विमानमा मलेसियामा रोजगारी गरेर घर फर्केका नेपालीहरूका साथै मलेसियाका पर्यटन व्यवसायीहरू गरी विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण गरेका छन्। बाँकी काठमाडौं अवतरण गर्नेछन्।

निगमले अहिले मलेसिया-भैरहवाको भाडा ३१ हजार र मलेसिया-काठमाडौँ ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ।

नेपाल वायुसेवा निगमका उपनिर्देशक रमेश पौडेलले पहिलो चरणमा न्यारोबडीबाट सातामा एउटा उडान गर्ने बताए।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *