सल्यान, २५ चैत्र । सल्यानको कपुरकोट गाउँपालिका ५ रीम स्थीत छाप टोललाइ पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । यस संगै साविकको रीम गाविसका ८ वटा टोल पूर्ण सरसफाइ उन्मुख टोलको रुपमा घोषणा भएका छन् ।
सोमबार कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगरले टोलका ४२ घरधुरीलाइ नियमित सरसफाइ गर्ने सपथ खुवाउदै घोषणा गरेकि हुन् । कार्यक्रमको प्रमुख अतीथी समेत रहेकी उनले विकासको मुल आधार नै पूर्ण सरसफाई रहेको बताइन् । गाउँपालिकालाइ नै पूर्ण सरसफाइयुक्त बनाउनका लागी सबैको साथ आवश्यक रहेकोमा उपाध्यक्ष बुढा मगरले जोड दिइन् ।
नियमित रुपमा चर्पीको प्रयोग, साबुन पानीको प्रयोगले हातधुने निश्चित ठाउँको किटान, सुद्ध पिउने पानीको प्रयोग गर्ने बानीको विकास, सफा घर आँगन र घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्ने बानीको विकास लगायतका सुचकलाई पहिलो चरणमा केन्द्रित गरेर टोल पूर्णसरसफाई उन्मुख घोषणा गरिएको सुआहाराका सुपरभाइजर झिम बहादुर नेपालिले जानकारि दिए ।
स्वच्छता समिती छापटोलका उपसंयोजक प्रेम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष यम कुमार बस्नेत, नेपाल रेडक्रस रीम सिनवाङका सभापती भद्रसिंह बुढाले सरसफाइको महत्वको चर्चा गर्दै सरसफाइले धेरै रोगबाट बच्न सकिने बताएका थिए ।
विष्णु बुढाले सहजीकरण गरेको कार्यक्रममा जीवनज्योती मावि रीमका अध्यक्ष टोपेन्द्र के सी, प्रअ भुपाल साहु, वडा सदस्य भिमा बुढाथोकी, दलित विकास समाज सल्यानका प्रतिनिधी टंक नेपाली, रीम स्वास्थ्य चौकीका टिकाराम न्यौपाने, सरसफाइ प्रज्वलक उमा पुन, कृष्ण गौतम लगाएतको सहभागीता थियो ।