२०८३ बैशाख १७ गते बिहिवार

सिन्धुलीमा बस दुर्घटनामा ५ जनाको मृत्यु, उद्धार कार्य जारी

सिन्धुली,फागुन २८ । सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारले जानकारी दिए ।

उनका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना परेको हो ।

अहिले पनि उद्धार कार्य चलिरहेको जानकारी दिएकी उनले २५ जना घाइतेको उद्धार गरेर घुर्मी र खुर्कोटसहितका अस्पतालमा उपचारका लागि पठाइएको बताए ।

‘ओखलढुंगाबाट आएको बस रहेछ । ओरालो ठाउँमा भएकाले ब्रेक नलागेको हुन सक्ने अहिले अनुमान गरिएको छ,’ उनले भने, ‘केही शव हुन सक्ने आशंका गरिएको छ । अहिले पनि उद्धार कार्य चलिरहेको छ ।’

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *