२०८१ बैशाख १३ गते बिहिवार

प्रहरीलाई गृह मन्त्रालयको निर्देशन ः मोवाइल लुटपाटमा दोषीलाई कारबाही गर्नू

काठमाडौं,फागुन २ । सोमबार यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, ‘यो प्रहरीको नियमित काम पनि हो, बाहिर आएका घटनाले हाम्रो पनि ध्यानाकर्षण भएको छ, दोषी पहिचान गरेर कारबाही गर्न सचिवज्यूले निर्देशन दिनुभएको छ ।’

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *