२०८२ असार ७ गते आइतवार

आजको मौसम: पहाडी भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं,फागुन २ । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी, राती प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। मौसम सूचना तथा पूर्वानुमान अध्यावधिक रहन महाशाखाको अनुरोध छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *