२०८१ फाल्गुन ७ गते बुधवार

सशस्त्र प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ,माघ २६ । सशस्त्र प्रहरीका चार वरिष्ठ उपरीक्षक (एसएसपी)  प्रहरी नायव महानिरीक्षक (डीआईजी)  बढुवाका लागि सिफारिस सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी बढुवामा पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठलाई सिफारिस गरिएको छ। दोस्रो नम्बरमा अन्जनी कुमार पोख्रेल, तेस्रोमा दीपेन्द्र शाह र चौथो नम्बरमा पूरुषोत्तम थापा सिफारिस भएका छन्।

पोख्रेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा र थापा सशस्त्र प्रहरी प्रवक्ता हुन्। बढुवा सिफारिस उपर चित्त नबुझेमा ७ दिन भित्रमा उजुरी गर्न सकिने भनिएको छ।

 

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *