बुटवल,माघ १० । बुटवल उद्योग वाणिज्य संघले फागुन पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्ने भएको छ ।
संघको सोमबार बसेको कार्यसमिति बैठकले फागुन २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।
पाँच दिनसम्म सञ्चालन हुने कृषि मेलामा उत्कृष्ट कृषि उत्पादन, आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसिनरी, व्यावसायिक खेती प्रणालीलगायतसँग सम्बन्धित करिब ५० स्टल राखिने बताइएको छ ।
मेला आयोजनाको तयारीका लागि संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।
प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार