२०८१ बैशाख ८ गते शनिवार

तीन महिनापछि महँगी बढेर १० प्रतिशतसम्म पुग्छः राष्ट्र बैंक

काठमाडौं,मंसिर १६। नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० (२०२२/२३)को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।

उक्त सर्वेक्षणमा महँगी बढेर तीन महिनामा नै १० प्रतिशत पुग्ने उल्लेख छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन् ।

नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको देखिएको समेत सर्वेक्षणमा भनिएको छ ।

यस सर्वेक्षण २०७९ असोज २३ देखि असोज २९ (अक्टोबर 0९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो ।

प्रस्तुत परिणामहरू २०४० व्यक्तिहरूको प्रतिक्रियामा आधारित छन् । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८९९ थप व्यक्तिहरू थपिएका छन् । प्रमूख झलकहरू ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।

त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेकोछ ।

खाद्य र खाद्य वस्तुको सबै उपसमूहस, गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूहस तथा घरजग्गा ९आवास० समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ ।

खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ ।

तीन महिना पछिको मध्य र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *