२०८२ मङ्सिर १९ गते शुक्रवार

धानको समर्थन मूल्य तोक्न ढिलाइ,उत्पादन तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौं,कात्तिक २१ । सरकारले धानको समर्थन मूल्य अहिलेसम्म न तोकेपछि किसानलाई मर्का परेको छ ।

गत साल भदौमा धानको समर्थन मूल्य तोकेको सरकारले यस वर्ष मूल्य तोक्न अलमल गरेको देखिएको छ ।

देशका अधिकांश ठाउँमा धान काट्ने र थन्क्याउने चटारो चलिरहेका बेला सरकारले धानको समर्थन मूल्य तोक्न नसक्दा किसान मर्कामा परेका हुन् ।

स्थानीय व्यापारीले सस्तो दरमा धान खरिद गर्न थालेपछि किसानहरु आफू ठगिएको महसुस गरेको बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको समर्थन मूल्यमा मोटा धानको प्रतिक्विन्टल दुई हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ प्रस्ताव गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत साउनको अन्तिममा धानको समर्थन मूल्य प्रस्ताव गरेको थियो । अहिले सो प्रस्ताव उद्योग मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

उनले भने, ‘साउनको अन्तिममा कृषि मन्त्रालयले धानको समर्थन मूल्य प्रस्ताव गरेको थियो । अहिले सो प्रस्ताव उद्योग मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेको भए पनि पारित भने भएको छैन ।’ निर्वाचन आचारसंहिता जारी भएका कारण यो प्रस्ताव निर्वाचनअघि नै स्वीकृत गर्न आयोगसँग सहमति माग्नुपर्ने हुन्छ ।

निर्वाचनअघि धानको समर्थन मूल्य तोक्न नसक्ने अवस्था देखिएको सरोकारवालाको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको समर्थन मूल्यमा मोटा धानको प्रतिक्विन्टल दुई हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार १२८ रुपिँया प्रस्ताव गरिएको छ ।

यस वर्ष लागत मूल्य केही बढी पर्न जाने देखिएकाले समर्थन मूल्य गत वर्षको तुलनामा केही बढी प्रस्ताव गरिएको उद्योग मन्त्रालयका सहप्रवक्ता शर्मिला केसीले बताए । उनले भने, ‘यसवर्ष गत वर्षभन्दा केही लागत बढी पर्ने अनुमान भएका कारण गत वर्षको तुलनामा धानको समर्थन मूल्य केही बढी राखेर प्रस्ताव गरेका छौँ । अब मन्त्रिपरिषद्ले स्वीकृत गर्न बाँकी छ ।’

अबको केही दिनमै सरकारले निर्वाचन आयोगसँग सहमति लिएर धानको समर्थन मूल्य तोक्ने उनको भनाइ छ ।

गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ रुपिँया र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँ तोकिएको थियो । गत वर्ष भदौ २९ मै सरकारले धानको समर्थन मूल्य तोकेको थियो ।

यस वर्ष लागत मूल्य केही बढी पर्न जाने देखिएकाले समर्थन मूल्य गत वर्षको तुलनामा केही बढी प्रस्ताव गरिएको उद्योग मन्त्रालयका सहप्रवक्ता शर्मिला केसीले बताए ।
यसैबिच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशका सबै स्थानबाट धान उत्पादनको तथ्याङ्क सङ्कलन भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले सात वटै प्रदेश कार्यालयबाट तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताए ।

अझै केही प्रदेशमा धान काट्न सुरु नै नभएकाले उत्पादनको सबै तथ्याङ्क मङ्सिर दोस्रो सातासम्म आइपुग्ने उनको भनाइ छ ।

धेरै धान उत्पादन हुने प्रदेशहरुमा प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा धान काट्ने काम बाँकी रहेको प्रवक्ता सञ्जेलको भनाइ छ ।

धानको उत्पादन तथ्याङ्क आउन केही ढिलो हुनसक्ने मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *