२०८२ मङ्सिर २३ गते मङ्गलवार

दंगीशरणमा शैक्षिक सम्मेलन


प्रमोद आचार्य,दंगीशरण,कात्तिक २१ । गुरुबाबा सहकारी हेकुलि ३ रावतगाउको आयोजना, गोल्डेल पाथ एकाडेमिको ब्यबस्थापन ,तथा गुणस्तरीय शिक्षाका लागी MTB -MLE प्रोजेक्ट को सहयोगमा ४ दिने शैक्षिक सम्मेलन आइतबार देखि दंगीशरण ३ रावतगाउँको गोल्डेल पाथ एकाडेमिमा शुरु भएको छ ।

गोल्डेन पाथ एकाडेमिका विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बिरबल चौधरीको शभापतीत्व ,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा डेन्मार्कबाट आएका बिदेशी पाहुना फ्लिमिङ टप सो ,कुनुड बलाइन्डर ,कृस्टियन र बिटाको जिशिष्ट आथित्यतामा ४ दिने शैक्षिक सम्मेलनको आइतबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

गाउँपालिका अध्यक्ष तथा विदेशी नागरिक फ्लेमिङ टप सो ले डेन्मार्कबाट सहयोग भएको २ फ्लाइटको पकि भबनको उद्घाटन समेत गरेका हुन ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पालिकामै गुरु बाबा सहकारीले उत्कृष्ट काम गर्दै अगाडि बढेकोमा खुसि ब्यक्त गरे ।

अध्यक्ष गिरीले विदेशी पाहुनाहरुलाई ल्याइ यहाँको शिक्षाको गुणस्तरमा अग्रणीय भुमिका खेलेको प्रती गुरुबाबा परीवार प्रती धन्यवाद ब्यक्त गरे ।

यस्तै कार्यक्रमका विशिष्ट अथिती फ्लेमिङ टप सो ले शिक्षाको गुणस्तर बढाउन मातृ भषामा शिक्षण गर्न सुझाब दिए ।

विभिन्न थारु संस्कृती तथा परम्परा झल्कने नृत्य ,नाटक ,सहित विभिन्न प्रस्तुतीहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । आइतबार देखी ४ दिन सम्म चल्ने सम्मेलनमा विदेशी पाहुनाहरुले शिक्षक तथा अभिभाबकहरुलाई तालिम दिनेछन ।

कार्यक्रममा दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी, पशु शाखा प्रमुख हितराम चौधरी,कृषि शाखा सहायक मान बहादुर डाँगीलगायतको सहभागिता रहेको थियो ।

गुरुबाबा बहुउद्देश्यीय सहकारी सस्थाका निबर्तमान सचिब महेन्द्र चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको औपचारिक कार्यक्रमको सहजिकरण गुरु बाबाका ब्यपस्थापक तथा गोल्डेल पाथ एकाडेमीका प्रिन्सिपल बालुराम चौधरीले गरे ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *