तुलसीपुर, कात्तिक ९ । दंगीशरणमा अरिङ्गालको टोकाईबाट एक महिला बिरामी परेकी छन् ।
पश्चिम दाङको दंगीशरण गाउँपालिका –७ सिमठाना निबासी ५० वर्षकी विमला खड्कालाई बारीमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो ।
विमलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छोरा माधव खड्काले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार
