२०८१ असार ३० गते शनिवार

दसैंको लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं ,असोज १ । आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ। भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

बललबउगचलब उयकत

बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको थियो।

यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाइनेछ। गाडी आवतजावत धेरै भइरहने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ। थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ।

गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि मानिसहरु बिहानैदेखि लामबद्ध भएका छन्। बुकिङ खुला भएसँगै उपत्यकाका विभिन्न बसपार्क र काउण्टरमा टिकट लिनेहरुको भीड बढेको हो। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने र राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *