२०८२ असार १ गते सोमवार

अछामा पहिरोका कारण १२ जनाको मृत्यु

धनगडी, असोज १ । अछाममा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । पहिरोका कारण कमलबजार नगरपालिका वडा नं. ८ मा पाँच जना र कलमबजार–६ ठाँटीखाँदमा चार जनाको मृत्यु भएको छ ।


उनीहरु सबैको शव फेला परि सकेको भएपनि सनाखद हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । थप तीन जना बेपत्ता रहेको तथा ७ घाइतेको उद्धार गरिएको उनले जानकारी दिए ।


अझैं ८ जना बेपत्ता रहेका छन् । थप १० जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै जिल्लाको तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाचौर गाँउकी १६ वर्षीया विमला शाही र जानकी शाहीको शवपनि फेला परेको प्रहरीले बताएको छ । उनीहरु दुबै नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा अध्ययनरत छात्रा हुन ।


विमला पहिरोमा वेपत्ता रहेका नेत्रबहादुर शाहीकी छोरी । त्यहाँ अझै ७ जनाको अवस्था अज्ञात छ । स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनीषा शाही, रितबहादुर शाहीका दुई बुहारी भावना र कमला शाही , उनकी दुई नातिनी र छोरा सुन्दर शाही बेपत्ता रहेको प्रहरीले जनाएको छ ।


बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । त्यस्तै अछामकै ढकारी गाँउपालिका–१ मा घर भत्किँदा एक बालिकाको मृत्युको छ । तीनजना सामान्य घाइते छन् ।

जिल्लाको ढकारी गाँउपालिका–६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढाको घर भत्किँदा उनका एक नातिको मृत्यु भएको छ । थप तीन जना घाइते छन् ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *