दाङ, भदौ ४ ।बर्दियामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका बढैयाताल गाउँपालिका वडा नं. ४ स्थित मान खोलामा पौडी खेल्न भनेर गएका स्थानीय १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेलको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनीहरु बेलुका ४ बजेतिर खोलामा नुहाउन गएका थिए ।
दुई बालक डुबेको भन्ने खबर पाउनासाथ स्थानीय र प्रहरीले खोजी सुरु गरेका थिए ।
एक डेढ घन्टाको अन्तरालमा दुबैको शब फेला परेको दुई बालक शब फेला परेको डिएसपी बुढाथोकीले बताए ।
शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बर्दियामा पठाइएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार