घनश्याम बुढाथोकी,
रोल्पा, फागुन ८ । रोल्पामा हिजो दिउसो १ घरमा आगलागी हुदा पुर्ण रुपमा क्षती पुगेको छ । जिल्लाको रुन्टीगढी गाउपालिका वडा नं. ९ राम्दी स्थित मान बहादुर घर्तिको घरमा आगलागी भएको हो ।
घरमा बच्चाबच्ची मात्र भएको समयमा करिब २ बजे एक्कासी आगलागी भएको थाहा भएको थियो । १ तले कच्ची घरमा आगलागी हुदा घमा रहेका अन्नपात,भाडाबर्तन, लक्तापकडा लगायत सम्पुर्ण जली नष्ट भएको थियो ।
आगलागी भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय होलेरी बाट पुगेको प्रहरी टोली,स्थानिय को सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार