२०८१ साउन ५ गते शनिवार

नहरमा डुबेर दुई जना बालबालिकाको ज्यान गयो

झापा,साउन २७ । झापाको शिवसताक्षी नगरपालिका–९ मा रहेको कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको हिजो डुबेर ज्यान गएको छ ।

शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र त्यही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

हिजो बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । यस क्रममा शिवसताक्षी–९ को कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *