खड्ग शर्मा, दाङ, जेठ २७ । चेतनामा आधारित शिक्षा (कन्सियसनेस वेस्ड एजुकेशन)को पाँच दिने प्रशिक्षण कार्यक्रम शुक्रवार घोराहीको हिन्दु विद्यापीठ९नेपालमा सम्पन्न भएको छ ।
विद्यालयका बालबालीकाको मानसिक विकासका लागि ध्यान अत्यन्त आवस्यक रहेको कार्यक्रममा सहभागीहरुले वताएका छन ।
ध्यानले मष्तिस्कको कार्यक्षमता अत्यन्त वृद्धि हुने र तनाव रहित भएर अध्ययन गर्न सकिने प्रशिक्षकहरुको भनाइ रहेको छ ।
प्रशिक्षण कार्यक्रममा महर्षी वैदिक फाउन्डेसनका नारायणप्रसाद धिमाल, अरुणकुमार अर्याल र विमला शर्मा रहेका थिए । कार्यक्रममा प्रशिक्षक विमला शर्माले अहिले ध्यान युरोप अमेरीकालगायतका धेरै मुलुकका स्कुल कलेजमा अनिवार्य जस्तै भएको वताएकी थिइन ।
हाम्रै ठाउँको कुरा अन्य मुलुकले सिकेर प्रगति गरिसक्दा समेत हामीहरु अझै पछि परिरहेको उनको भनाई थियो ।
प्रशिक्षक अरुणकुमार अर्यालले शिक्षक र बालबालिकाको लागी यो अपरिहार्य रहेको बताए । ध्यानका माध्यामबाट बालबालिकाको सृजनसीलतामा अभिवृद्धिहुनुका साथै चेतना गहन हुने वताए । उनले अव हरेक स्कुल कलेजमा ध्यान कक्षाको शुरुवात हुनुपर्ने बताए ।
दिनमा कम्तिमा विहान १५ मिनेट र साँझ १५ मिनेट मात्र ध्यान गर्दा पनि मानिसमा निकै ठुलो परिवर्तन आउने उनको भनाई थियो ।
कार्यक्रममा अर्का प्रशिक्षक नारायणप्रसाद धिमालले हरेक विद्यालयले बालबालिकाहरुलाई स्कुलमै कक्षाको रुपमा ध्यान सञ्चालन गर्नुपर्ने बताए । यसबाट बालबालिकाकामा नयाँनयाँ कुराहरु जान्ने र खोज्ने क्षमताको विकास हुने वताए ।
हरेक मान्छेलाइ सकारात्मक वाटोमा हिडाउने माध्यम नै ध्यन भएकोले अहिलेको अवस्थामा यो सवैको आवस्यक्ता भैसकेको वताए ।
विद्यालयमा अव नियमित शिक्षक तथा विद्यार्थीहरुको ध्यान कक्षा हुने विद्यालयका निर्देशक डा भोलानाथ योगीले जानकारी दिएका थिए ।
विद्यार्थीलाई सांस्कारिक र ब्यबहारिक वनाउन मात्र सकेपनि समाज रुपान्तरणले ठुलो फडको मार्ने उनको भनाइ छ ।
कार्यक्रममा विद्यालयका सह प्राचार्य मुधुसुदन पन्त, शिक्षकहरु सागर दाहाल, रुपलाल गिरी, पुष्पा रावत, सुस्मिता सुवेदी, निमा विसी, शोभा पोख्रललगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक पिताम्वर रिजालले गरेका थिए ।